ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेस युक्रेन पुग्नुभएको छ । गएको मङ्गलवार रुस भ्रमण गरेका महासचिव गुटेरेस आज युक्रेन पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
गुटेरेसले रुसले ठूला आक्रमण गरेका मुख्य सहरको भ्रमण गरिरहनुभएको र आम नरसंहार गरेको भनिएको बुचा सहर पुग्ने कार्यक्रम पनि रहेको खबरमा उल्लेख छ ।
बुचामा रुसले झन्डै पाँच सय नागरिकको हत्या गरेर गाडेको युक्रेनको आरोप छ । यसै विषयलाई लिएर युक्रेन, युरोपेली देश र अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताउँदै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले आजै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तालिका छ । यसअघि रुस भ्रमणका क्रममा गुटेरेसले युक्रेनमा युद्धविराम गर्न आग्रह गर्नुभएको थियो ।
तर रुसी विदेशमन्त्री लाभरोभले पश्चिमा देशले युक्रेनलाई प्रयोग गरेर रुसमाथि हमला गर्न खोजेको, रुसी सीमा क्षेत्रमा कयौँ देशका सेनालाई परेड खेलाउने षड्यन्त्र स्वरुप युक्रेनलाई नेटोको सदस्यता दिन लागेको लगायतका कारण युक्रेनमा आक्रमण गर्नुपरेको बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।