६ दिनदेखि फोहर सडकमै

 बैशाख १६, २०७९ शुक्रबार १६:१७:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनकाे काम फेरि रोकिएको छ ।  

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटक–पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाण्डाै उपत्यकाका नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि फेरि काठमाण्डाै उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनकाे काम रोकिएको हो । अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण गएकाे ६ दिनदेखि सडकमै फोहर रोकिएको छ । 

१८ वटा पालिकाको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानकाे प्रयास हुन नसक्दा पटक–पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयवासीको पटक–पटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 

अहिले फोहर व्यवस्थापन भइरहेको ठाउँभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउँदै आएको छ । 

गएकाे फागुन र चैत महिनामा मात्रै ३२ दिन फोहर व्यवस्थापन हुन सकेको थिएन । वर्षाको समय नजिक आइसकेको र यसरी फोहर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । 

यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीबाट फाेहर लाने गरिएकाेमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये झन्डै ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया