मकवानपुरमा लाेडर दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ३ जना पुग्याे

 बैशाख १९, २०७९ सोमबार २०:१३:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा लोडर पल्टिँदा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेकाे छ । यसअघि दुई जनाकाे ज्यान गएकाे थियाे । ज्यान गुमाउने तीनै जना चिनियाँ नागरिक रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयाे ।  

बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग) मा काम गरिरहेकाे लोडर सिमात खाेलामा खसेकाे थियाे । निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरूको ज्यान गएको हो ।

लाेडरमा ६ जना रहेका थिए । घाइते तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया