मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन

 बैशाख २६, २०७९ सोमबार ९:५६:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसकाे वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

वैशाख ३० गतेको पालिका चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय जना परिचालन गरिएको पाण्डेले जानकारी दिनुभयो । पहिलो घेरामा जनपथ र म्यादी प्रहरी रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा अर्थात मतदान स्थल वरपर भने नेपाली सेना परिचालन गरिएको उहाँले बताउनुभयो ।

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले चुनाव आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका ३ सय ६५ वटै मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसँग मतपत्र लगायतका सामग्रीहरु लिएर पठाइने तयारी मुख्य चुनाव अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको दश पालिकामध्येमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको ठाउँ, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोबास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको ठाउँमा चुनाव विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।

चुनावलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। चुनावको हरेक मतदान स्थलमा पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।

मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले चुनावभरि पालो दिएर त्यो जनशक्ति पनि चुनावमा खटाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया