पर्साको बहुदरमाई नगरपालिका मेयरमा जसपा विजयी

 जेठ ५, २०७९ बिहिबार १६:३१:१३ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साकाे बहुदरमाई नगरपालिका मेयरमा जनता समाजवादी पार्टीले जित हात पारेकाे छ । ६ हजार ४ मत प्राप्त गरी जसपाका सिगासन साह मेयरमा निर्वाचित हुनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव पटेलले ५ हजार ६ सय ५८ मत प्राप्त गर्नुभयाे । निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका नितेन्द्र साहले ५ हजार ५ सय १६ मत पप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी सुष्माकुमारी कुशवाहा ६ हजार ४ सय ४० मतकासाथ निर्वाचित हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सोनामती देवी यादवले ५ हजार ५ सय २५ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया