कालीकोट : रास्कोट नगरपालिकाकाे मेयरमा शाही र उपमेयरमा बराल विजयी

 जेठ ६, २०७९ शुक्रबार ६:५४:३८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - रास्कोट नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका धर्मराज शाही (पोषण) निर्वाचित हुनुभएकाे छ । 

शाही ३ हजार ४७ मत ल्याएर विजयी हुनुभएकाे हाे । शाहीका प्रतिस्पर्धी नेकपा एमालेका  दयाराम सिंखडाले २ हजार १ सय १७ मत प्राप्त गर्नुभएकाे छ । 

त्यस्तै नगरपालिकाकाे उपमेयरमा एकीकृत समाजवादीका मनिराज बराल विजयी हुनुभएकाे छ । बरालले २ हजार ८ सय ९ मत प्राप्त गर्नुभएकाे छ । बरालका प्रतिस्पर्धी नेकपा एमालेका उमा शाहीले १ हजार ३ सय १ मत प्राप्त गर्नुभएकाे छ । 

रास्कोट नगरपालिकाको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा नेकपा माओवादी केन्द्र, ४ नेपाली कांग्रेस र ३ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया