दैलेख : नारायण नगरपालिका–११ ले बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने

 जेठ ११, २०७९ बुधबार २०:१३:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेख नारायण नगरपालिका–११ ले आफूले गर्ने हरेक कार्यक्रमको विनियोजित बजेट जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई आज बुधवार पदभार ग्रहण गराउँदै वडाले याे निर्णय गरेको हो ।

नारायण नगरपालिका–११ का नवनिर्वाचित अध्यक्ष दीर्घबहादुर मल्लले सुशासन र पारदर्शिताका निम्ति वडा र मातहतबाट हुने काममा बजेटबारे जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्न अनिवार्य गराइने बताउनुभयो ।

वडामा सञ्चालित आयाेजनाकाे लागत, लाग्ने समय र कार्य विवरण सबैले देख्न सक्ने गरी आयोजनास्थलमा अनिवार्य राख्न लगाउने पनि निर्णय गरिएको छ ।

बजेटको जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्ने अभ्यासले रकम नपुग्ने आयोजनामा समुदायको जनश्रमदान लगायतका सहयोग जुटाउने वडा नम्बर ११ की सदस्य मनसरा अधिकारीले बताउनुभयाे । यसले विकासमा अपनत्वको विकास हुने अपेक्षा गरिएकाे उहाँकाे भनाइ छ ।  

पदभार ग्रहण कार्यक्रममा अघिल्लो कार्यकालका जनप्रतिनिधिलाई बिदाइ गरिएकाे थियाे भने नवनिर्वाचित सदस्यलाई स्वागत गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया