नेपाली व्यापारीले नबेच्ने रक्सी खाएका थिए मलेसियामा ज्यान गुमाउनेहरुले

 असोज ५, २०७५ शुक्रबार १३:५८:१९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

मलेसियामा ज्यान गुमाउने र बिरामी हुनेहरूले यही ब्राण्डका रक्सी पिएका थिए ।

दिल केरुङ लिम्बू 

मैले मलेसियामा व्यापार गर्न थालेको १५ वर्ष भयो । यो भन्दा अगाडि रक्सी नै खाएर नेपालीको ज्यान गएको सुनेको थिइन । 

किङफिसर बियर अहिले मलेसियाको बजारमा छैन । मलेसियासँग मतभेद भएर हुनसक्छ, यहाँ भारतीय उत्पादन किङफिसर बियर बन्द भएको छ । ग्राण्ड रोयल ह्विस्की ब्राण्डेड र महँगो रक्सी हो । त्यसैले यहाँ ग्राण्डको नक्कली रक्सी उत्पादन हुन्छ । 

ज्यान गुमाएका र बिरामी नेपाली सहितका विदेशी कामदारले खाएको रक्सी नक्कली नै हुनुपर्छ । ग्राण्ड रोयलको नक्कली बजारमा छ्याप्छ्याप्ती पाइन्छ । मण्डले ह्विस्की चाहिँ म्यान्मारमा उत्पादन हुन्छ । 

नेपालीले त्यो रक्सी खान मन पराउँदैनन् । क्वाललाम्पुर तिर हामी त्यो रक्सी बेच्दैनौं । स्वास्थ्यका लागि धेरै हानिकारक भएको मैले सुनेको हुँ । ह्विस्की र बियर उनीहरुले स्थानीय बजारबाट किनेका रहेछन् । अहिले जुन ठाउँमा घटना भयो, अरु रक्सी नपाएर नै मण्डले ह्विस्की किनेर खाएको हुनुपर्छ । 

यस्ता कुराबाट जोगिन सस्तो रक्सी खोजी खोजी खाने बानी हटाउनु पर्छ । ब्रान्डको नाम लेख्दैमा सबै सक्कली हुँदैन । रक्सी खानु अघि सक्कली हो भन्नेमा ढुक्क हुनपर्छ । 

मलेसिया बाहिरबाट ल्याइएका ब्रान्डेड रक्सी र नक्कली रक्सी धेरै ग्राहकले छुट्याउन सक्दैनन् । पहिलो, मूल्य अन्तर र दोश्रो मलेसिया सरकारकाे भन्सार विभागले लगाएको स्टिकरबाट नक्कली र सक्कली रक्सी छुट्याउन सकिन्छ । 

(क्वाललम्पुरको कोतरायमा रहेको परदेश र दि गोर्खाज रेष्टुँराका सञ्चालक केरुङसँग रीतु थेबेले गरेको कुराकानीमा आधारित । )

याे पनि पढ्नुहाेस् 

मलेसियामा विषाक्त रक्सीको असर : सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया