नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरूपमा खुल्यो, पानी पर्न रोकिएपछि केही सहज

 जेठ २८, २०७९ शनिबार ८:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै : नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरूपमा खुलेको छ । गएराति टोपे खोला नजिकै पहिरो खसेर दुईतर्फी नै आवात–जावत रोकिएको सडकमा पहिरो हटाएपछि पूर्णरूपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सडक पूर्णरूपमा खुलेसँगै जाममा परेका यात्रु गन्तव्यमा लागेका छन् । पानी पर्न रोकिएपछि केही सहज भएको ट्राफिक प्रहरीले जनाएको छ । 

हिजो शुक्रवार बिहान टोपे खोलमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका थिए । 

पानी पर्नेबित्तिकै ठाउँठाउँमा पहिरो खस्ने गर्दा मुग्लिन–नारायणघाट सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ । यो सडक राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया