काठमाण्डाैका सडकमा सास्ती (फोटो फिचर)

 जेठ २८, २०७९ शनिबार ११:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशको सङ्घीय राजधानी हो काठमाण्डाै । देशको जेठो महानगरपालिका रहेको काठमाण्डाै विकासका पूर्वाधारका हिसाबमा देशका अन्य महानगरपालिकाहरू भन्दा अगाडि नै हुनुपर्ने हो । तर विकासका पूर्वाधार निर्माणका हिसाबले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके, काठमाण्डाैकाे अवस्था त्यही पुरानै छ । काठमाण्डाैकाे विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । 

काठमाण्डाैलाई हेरेर देशभरको मूल्याङ्कन गर्ने गरिन्छ । राजधानी भइसकेपछि व्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रूपमा काठमाण्डाैलाई चित्रण गर्दछन् कतिपयले । तर काठमाण्डाैकाे वास्तविकता भने त्यस्तो छैन । काठमाण्डाै उपत्यकाभित्रका सडकहरूले राजधानीकाे वास्तविकता झल्काउँछ । 

काँठलाई काठमाण्डाै जोड्ने सडकहरूको नै मर्मत हुन सकेको छैन । जसका कारण सडकमा ठूला–ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना बढेको छ । त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ । 

काठमाण्डाैलाई कतिपयले अव्यवस्थित सहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त परकै कुरा हो । कतिपय ठाउँका गाडी गुड्ने सडक नै व्यवस्थित छैनन् । राम्रा भनिएका सडकमा पनि ठाउँ–ठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । 

अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् । चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैँ बग्छन् । पानी परेको बेलामा गाडी रोकेर राख्नुपर्ने अवस्था छ काठमाण्डाैका सडकको । चक्रपथबाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । 

काठमाण्डाैकाे वास्तविकता त्यतिमै सीमित छैन । कतिपय सडक वर्षाैँदेिख टेन्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको असर भने नागरिकलाई नै परेकाे छ । पानी पर्‍याे गाडी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । 

सडक निर्माणमा सरकारको लापर्बाही त्यत्तिकै देखिन्छ । नख्खु– भैँसेपाटी, चावहिल–कलङ्की, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् । अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यसबारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन । 

न्यूज एजेन्सी नेपालकाे सहयाेगमा

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया