सडक विभागकाे लापर्बाहीले आँबुखैरेनीमा २ जनाले ज्यान गुमाउनुपर्‍याे : गृहमन्त्री

 जेठ ३०, २०७९ सोमबार १४:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले सडक विभागको लापरबाहीले गर्दा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । 

आज सोमवार गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा मन्त्री खाणले आँबुखैरेनी सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत हेलचेक्रयाइँ गरेको बताउनुभयो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘केही दिनअघि मात्रै पोखरा–मुग्लिन पृथ्वी राजमार्गमा बाटो भासियो । त्यो बाटो भासिन्छ भन्ने सडक विभागलाई पहला नै थाहा थियो रे । पक्की सडक चर्किसकेकाे थियो रे । चर्केको रिपोर्ट आएन वा होइन चल्छ भन्ने भयो । दुई जना यात्रुले त्यहाँ ज्यान गुमाउनुभयाे ।’

नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेकोले सरकारका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको उहाँकाे भनाइ थियाे । उहाँले प्रविधिसँगै रेडियो, टीभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताउनुभयो । 

गृहमन्त्री खाणले जोखिमसम्बन्धी पूर्वसूचना प्रसारणकाे कामलाई देशव्यापी बनाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई बेलुकी ५ बजेसम्म उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया