मालारानी गाउँपालिकाको केन्द्र परिवर्तन नगर्न उच्च अदालतको अन्तरिम आदेश

 असोज ६, २०७५ शनिबार ६:५२:२५ | प्रेमनारायण आचार्य

अर्घाखाँची – उच्च अदालत तुलसीपुर, दाङले मालारानी गाउँपालिकाको  केन्द्र परिवर्तन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

केन्द्र परिवर्तन  गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४ को उपदफा ३ र ४ कार्यविधि पूरा नगरेको भन्दै अर्को सूचना जारी नभएसम्म  निर्यण कार्यान्वयन नर्गन  अन्तरिम आदेश जारी गरेको हो ।  

कानुनी प्रक्रिया पूरा नगरेको भन्दै गाउँ कार्यपालिकाको नाममा तत्काल  अर्को आदेश जारी नभएसम्म गाउँपालिकाको कार्यालय नसार्न  २०७३ को  नियम ४२ अनुसार अन्तरिम आदेश जारी गरिएको हो ।  

अन्तरिम आदेश जारी भएपछि  मालारानी गाउँपालिकाले शुक्रबार जग्गा गाउँपालिकाको नाममा नामसारी गराउन  सन्धिखर्क आए पनि त्यसै फिर्ता भएको मालारानी गाउँपालिका केन्द्र नसार्न माग गर्दै आउनु भएका संघर्ष समितिका संयोजक शोभाखर खनालले जानकारी दिनुभयो । 

खनदह बजारमा रहेको मालारानी गाँउपालिकाको केन्द्र एकरातेमा राख्ने गाँउ कार्यपालिकाले निर्णय गरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया