अपडेट : सेनाको अस्पताल लैजाँदै गर्दा बालकको मृत्यु भएको आफन्तको दाबी

 असोज ६, २०७५ शनिबार १९:९:२३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – दिनभर तनावग्रस्त सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था सामान्य बन्दै गएको छ ।

रुपनी गाउँपालिका ६ का अशोक साहका १८ महिनाका छोरा आरब साहलाई सर्पले टोकेपछि गएराति अस्पताल लगिएको थियो । आफन्तले ज्युँदै रहेको बच्चालाई मृत्यु भएको घोषणा गरी पोष्टमार्टम कक्षमा राखिएको भन्दै अस्पतालमा प्रदर्शन र तोडफोड गरेका थिए ।

अस्पतालले भने उपचारमा ल्याउँदै बालक मृत रहेको दाबी गरेको छ । बालकका आफन्तले बालक जीवित रहेको दावी गरी सेनाको सर्प दंश उपचार केन्द्रमा लगेका थिए । एम्बुलेन्सबाट उपचारका लागि चोहर्बा लैजाँदै गर्दा बाटोमा नै बालकको ज्यान गएको तर अञ्चल अस्पतालमा हुँदा बालक जीवितै रहेको आफन्तको दाबी छ ।

बालकको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । अहिले पीडितका आफन्त, अस्पताल र जनप्रतिनिधिबीच बार्ता भैरहेको छ । आफन्तले घटनाको छानबिन हुनुपर्ने, दोषिमाथी कारबाही गर्नुपर्ने र फेरि पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया