चोभार बन्दरगाहबाट निर्यात सुरु, ऊनबाट बनेका एक ट्रक सामान डेनमार्क पठाइयाे

 असार २९, २०७९ बुधबार ९:१२:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाैकाे चोभारमा रहेको सुक्खा बन्दरगाहबाट निर्यात सुरु भएको छ । मङ्गलवार डेनमार्कका लागि ऊन फ्लेट (ऊनबाट बनेका) एक ट्रक सामान फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।

पहिलो पटक ऊनबाट बनेका सामान पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार एभरेस्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । ती वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ ।

उहाँका अनुसार ४३ हजार चार सय ६७ युरो (५५ लाख ७१ हजार रुपैयाँ बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो ।

१५ कन्टेनर सामग्री आयात

चोभारमा निर्माण गरिएको बन्दरगाह गएकाे चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरूपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । बन्दरगाह सञ्चालनमा आएयता १५ कन्टेनरमा सात करोड ३९ लाख रुपैयाँ बढीको सामग्री बरगाहमा भित्रिएका छन् ।

चोभार बन्दरगाहमा अहिले वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तु मात्र सिधै चोभार भित्रन पाउनेछन् ।

यी पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन् । सरकारले चोभार सुक्खा बन्दरगाह निर्माणका लागि २०७५ सालदेखि तयारी थालेको थियो । लामो तयारीपछि एक खर्ब ६० करोड रुपैयाँ लागतमा दुई सय ६१ रोपनी जग्गामा बन्दरगाह निर्माण गरिएको हो । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया