रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गर्ने पक्राउ

 असार ३०, २०७९ बिहिबार ९:५८:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले पर्सा जिल्लाको पटेर्बा सुगौली घर भइ रुपन्देहीको कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नटलाई पक्राउ गरेको हो ।

उनीसँगै ११ र १२ वर्षका दुई जना बालक पनि पक्राउ परेका छन् । विजयले ती बालकहरुलाई प्रलोभनमा पारि चोरीका लागि प्रयोग गर्ने गरेको पाइएकाे प्रहरीले जनाएकाे छ । 

बनकसियामा रहेको हाटबजारमा तरकारी किनिरहेकी स्थानीय ७० वर्षीया वृद्धा चमेली थापाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना बालकले चोरी गरेपछि अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरीले सिक्री पनि बरामद गरेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया