महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने नेपालगञ्जका मेयरकाे लक्ष्य !

 साउन १, २०७९ आइतबार १६:५१:४४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटाे रिक्सामा कार्यालय फर्किनुभयाे । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएकाे हाे । 

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाकाे १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको वार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग गर्ने छैनन् भनेर उल्लेख छ । नगर सभाको निर्णयकाे कार्यान्वयन गर्न मेयर विष्ट आज १ गते विद्युतीय अटाे रिक्सामा चढ्नुभएकाे हाे । 

महिनामा १ दिन भए पनि अत्यावश्यकबाहेक गाडीकाे प्रयोग नगर्ने हो भने पनि इन्धन खपत कम गर्न सकिने भन्दै मेयर विष्टले याे निर्णयमा साथ दिन उपमहानगरवासीसँग आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया