पहिराे गएपछि डुम्रे–बेसीसहर सडक खण्ड अवरुद्ध

 साउन २, २०७९ सोमबार ९:२३:१३ | रासस
unn.prixa.net

लमजुङ - लगातारकाे वर्षासँगै गएको पहिराेका कारण गए रातिदेखि डुम्रे –बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ । 

सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिराे गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

याे सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएकाे छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएकाे प्रहरी निरीक्षक रेग्मीले बताउनु भयाे। लेदोले सडक अवरुद्ध भएकाे छ भने वैकल्पिक सडक पनि भासिएको छ।  मर्स्याङ्दी नदीले तलबाट सडक कटान गरेकाे र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकेको छैन । याे सडक वैकल्पिक सडककाे रुपमा प्रयाेग हुँदै आएकाे थियाे ।

सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने  र त्यहाँबाट बेसीसहर आउने गाडी सञ्चालन हुनसकेकाे छैन। यसअघि गएकाे असार २८ गते पनि याे सडक अवरुद्ध भएको थियो ।

४२ किलोमिटर दूरी रहेको यस सडक खण्डमा बेला बेला पहिराे जाँदा यात्रुलाई समस्या हुँदै आएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया