मलेठ घटनाको सत्यतथ्य प्रतिवेदन ५ गतेभित्र आउँछः मन्त्री यादव

 असोज ८, २०७५ सोमबार २०:३२:२८ | शुभनारायण यादव

सप्तरी – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीको मलेठ घटनाको सत्यतथ्य प्रतिवेदन कार्तिक ५ गतेभित्र ल्याउने बताउनुभएको छ ।

सप्तरीको मलेठमा रहेको घटनास्थल र तत्कालीन एमालेले गरेको कार्यक्रमस्थलको दूरी नाप्न सोमबार सप्तरी आएका मन्त्री यादवले पीडित परिवार र स्थानीयवासीसँग भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । 

घटना कसको कमजोरीले घटेको हो भन्नेबारे वास्तविकता बुझ्ने क्रममा स्थानीय तत्कालीन एमाले नेताहरुसँग छलफलका लागि प्रयास भइरहेको जानकारी दिँदै एमाले नेताहरु सम्र्पकमा नआएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवको नेतृत्वमा कार्यक्रम र घटनास्थलको दूरी नाप्नका लागि प्राविधिक टोलीसँगै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम सप्तरी जिल्ला सह इञ्चार्ज विनोद चौधरी लगायतका फोरम नेपाल र राजपा नेपालका नेताहरु र स्थानीय तहका जनप्रतिनिधिहरु सहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । 
तत्कालीन एमालेको मेची महाकाली अभियानको क्रममा २०७४ फागुन २३ गते भएको मलेठ घटनामा राज्यपक्षको गोली प्रहारबाट सञ्जन मेहता, आनन्द साह, पितम्बर मण्डल, विरेन्द्र महतो र इनर यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

यता घटनाको छानबिन गर्न भन्दै प्रदेश नम्बर २ का सरकारले आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह र भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।                        
                 
                                                                 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया