कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी ...
बैशाख ३, २०८२ बुधबार
देशबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै सिङ्गापुरमा उजुरी दर्ता भएको छ ।
श्रीलङ्कामा दशक लामो गृहयुद्धका क्रममा राजापाक्षेले दमन गरेको भन्दै उहाँलाई पक्राउ गर्न एक अधिकारवादी समूहले सिङ्गापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । इन्टरनेशनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट संस्थाले दर्ता गराएको उजुरीमा पूर्वराष्ट्रपति राजापाक्षे रक्षा प्रमुख भएको बेला सन् २००९ मा आम नरसंहार र मानव अधिकारका थुप्रै घटना भएको आरोप लगाइएको छ ।
गोटाबाया राजापाक्षेको परिवार नै सत्तामा रहँदा देशको आर्थिक अवस्था टाट पल्टिएको भन्दै प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि उहाँ भागेर माल्दिभ्स जानुभएको थियो । माल्दिभ्स गएको तीन दिनपछि यही जुलाई १३ तारिखमा राजापाक्षे सिङ्गापुर जानुभएको थियो । राजापाक्षेले सिङ्गापुरबाटै राजीनामा दिएपछि भएको चुनावमा रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।