बाँके : भारतबाट 'कन्ट्र्याक्ट किलर' बाेलाएर भाइ–बुहारीकाे हत्या गर्न लगाएकाे खुलासा

 साउन १०, २०७९ मंगलबार २०:३१:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँकेका डीएसपी मल्ल

बाँके – बाँकेको कोहलपुर नगरपालिकामा आज मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई दाजु–भाउजुले हत्या गर्न लगाएको खुलेको छ ।  

कोहलपुर नगरपालिका १४ मा मृत भेटिएका दम्पती २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अञ्जलीको आफ्नै दाजु विजय र भाउजु रेखाले बाहिरी व्यक्तिलाई रकम दिएर हत्या गरेको पुष्टि भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।  

एक लाख रुपैयाँ दिएर भारतबाट दुई जनालाई बोलाएर हत्या गराएको दाजु–भाउजुले बयान दिएका प्रहरीले जनाएको छ । बुहारी अञ्जलीको मात्र हत्या गर्न भने पनि भाइसमेत मारिएका उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया