मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, लेन अनुशासन पालना गर्न आग्रह

 साउन १८, २०७९ बुधबार ९:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले आग्रह गर्नु भएको हो ।  

गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् ।  चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि  पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो ।  अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको  ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो । 


अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया