सप्तरीको तरहीमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरकाे क्षति

 साउन २६, २०७९ बिहीबार ८:५६:५० | शुभनारायण यादव
unn.prixa.net

तस्बिर : रासस

सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ तरहीमा हिजाे भएकाे आगलागीबाट झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय वासुदेव सदाको गाईको गोठमा बालिएको घुरबाट सुरु भएकाे आगलागीले उहाँसहित केलु सदा, बिहारी सदा, प्रमोद राय, रामसुन्दर सदा ,सोभिया सदा, गाैतम सदा, चन्द नारायण सदासहितको घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भएकाे छैन तर झन्डै आधा दर्जन पशुचाैपाया जलेर मरेका छन्। स्थानीयवासी, सशस्त्र तथा जनपद प्रहरी र दमकलकाे सहयोगमा हिजाे नै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया