इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीकाे ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।