कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु

 साउन ३०, २०७९ सोमबार २०:१९:५१ | नेत्र शाही
unn.prixa.net

कर्णाली प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरिँदै । तस्बिर : नेत्र शाही, जुम्ला

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ब्रोन्कोस्कोपी सेवा सुरु भएकाे छ । प्रतिष्ठानले सोमवार ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । छाती रोग विशेषज्ञ डा. अनुस्मृति पालको टोलीले यो सेवा सुरु गरेको छ । ब्रोन्कोस्कोपी मेशिन केही दिनअघि मात्रै आएको र आजदेखि सेवा सुरु गरिएको डा.पालले बताउनुभयो ।

उहाँका अनुसार यो सेवा सुरु भएकाले क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत देखिने, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै उपचारका लागि सहयोगी हुनेछ । यो सेवा सुरु हुनुअधि बिरामीहरू उपचारका लागि चितवन, काठमाण्डौ धाउनुपर्ने बाध्यता थियो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले काठमाण्डौ, चितवनभन्दा यता पश्चिम नेपालमा छाती रोग विशेषज्ञ (पल्मोनोलोजिस्ट) डा. पाल एकमात्र भएको दाबी गर्नुभयो ।

विसं २०७२ देखि छाती रोग विशेषज्ञ डा. पाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका काम गर्दै आउनुभएको छ । छाती रोगको विशेषज्ञ सेवा जुम्लामा सञ्चालनमा आएपछि कर्णालीवासीमा थप खुसी मिल्नुका साथै आर्थिक भारमा पनि राहत पुग्ने प्रतिष्ठानले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया