पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो

 भदौ १८, २०७९ शनिबार ८:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो । सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ । हिलो तीन वटा मेसिनले पन्छाउने काम भैरहेको छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो । तर हिजो बिहान फेरि दुई ठाउँमा पहिरो खसेपछि दिनभर नै पूर्णरुपमा ठप्प भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया