सङ्घीयता, गणतन्त्रमाथिकाे प्रहारबाट चिन्तित छु, चुनाव लगत्तै सडकमा जान्छु : प्रचण्ड

 भदौ १९, २०७९ आइतबार १७:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लगत्तै आफू सडक सङ्घर्षमा जाने घोषणा गर्नुभएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै देशलाई रूपान्तरण गर्न आफू चुनावपछि लगत्तै सडक सङ्घर्षमा जाने उहाँको भनाइ थियो । 

आइतवार काठमाण्डाैमा आयोजित 'समाजवादको नेपाली मार्गचित्र' विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि चुनाव लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी, नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ । देशलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । हामी प्रदेश र सङ्घको चुनावकाे सङ्घारमा छौँ । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । सङ्घीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने क्रम चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना संविधानमा गर्न खोजेको हो । मैले कम्युनिस्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अब एकचोटि फेरी र यो मेसिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’

अध्यक्ष प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनुभयो । उहाँले एक वर्षभित्र देशमा आफू नेतृत्वको सडक सङ्घर्ष हुने र त्यसले देशमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याइ राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसङ्गतिको अन्त्य हुने दाबीसमेत गर्नुभयो । त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने उहाँकाे भनाइ थियाे । 

अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफूहरू बाध्य भएको भनेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू त्यही आन्दोलनकै बाटोबाट अघि बढ्ने बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anil pokhrel

    Sept. 7, 2022, 8:18 p.m.

    साइप्रसमा गैर आवासिय नेपाली बिद्यार्थी समिती गठन भएको छ।गैर आवासिय राष्ट्रिय समन्वय परिष्द साइप्रसको सक्रियतामा यो समिती गठन भएको हो। सेप्टेम्बर ४ तारिक आइतबारका दिन गठन भएको यश समितिमा २५ पदाधिकारी छन्। जुम मार्फत भएको यश कार्यक्रममा इजरायलका लागि नेपाली राज्दुत कान्ता रिजाल,आइसिसी अध्यक्ष कुल आचाॠ,अवितानिक वाणिज्य दूतावास प्रमुख डा.रामजिवन पन्जियार लगायत बिशिस्ट ब्यक्तिहरु हुनुन्थ्यो। यसको अध्यक्षमा अनिल पोख्रेल सर्वसम्मत नियुक्त हुनुभएको थियो। अध्यक्ष-अनिल पोख्रेल उपाध्यक्ष-किरण उप्रेती महिला उपाध्यक्ष- सेवा बस्तोला सचिव-आदर्श कुमार देब सह-सचीव-निशान्त थापा कोषाध्यक्ष-लक्षु घतानी सह-कोषाध्यक्ष -श्रीस्टि शिग्देल सदस्यहरु; १.पवन महत २.सनम खनाल ३.श्याम पण्डित ४.अर्जुन शाही ५.सुरज सेन्चुरी ६.कुमार गुरुङ ७.बिजय घिमिरे ८.नरेश खाती ९.सन्जय थापा १०.अर्पणा उपाध्यय ११.निर्मला भट्टराई १२.सब्नम भण्डारी १३.नरमाया थापामगर १४.गोबिन्द नगर्कोटि १५.अनिल आचार्य १६.दिपक दोङ १७.गोपाल शिलवाल १८.निरोज गुरुङ

  •  0 Reply

तपाईको प्रतिक्रिया