कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै समय २ वटा समूह आन्दोलनमा

 भदौ २२, २०७९ बुधबार १८:३०:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको तथा बिरामीले समयमा उपचार नपाएको विषयमा छुट्टाछुट्टै आन्दोलन सुरु भएका छन् ।

प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साहविरुद्ध बालकलाई उपचार नगराएको भन्दै मुद्दा दर्ता भइ अदालतले पक्राउ पुर्जी जारी गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टरहरूले आपत्कालीनबाहेकका सेवा बन्द गरेका छन् । उनीहरूले डाक्टर करणविरुद्ध झुटा मुद्दा लगाइएको भन्दै फिर्ता लिन माग गरेका छन् । 

यस्तै डाक्टर साहले आपत्कालीन कक्ष खाली हुँदा पनि बच्चालाई उपचार नगरि पठाएको भन्दै एसिया इन्टरनेशनल स्कुलका बालबालिका तथा अभिभावकले जुम्ला सदरमुकाममा मौन सडक मार्च गरेर विरोध जनाएका छन् । धनबहादुर शाहीको ६ वर्षका छोरा पृथकविक्रमलाई उपचारका लागि प्रतिष्ठानमा लैजाँदा उपचार नभएको विद्यार्थीकाे भनाइ छ ।

डाक्टरमाथि कुटपिट भएको र बच्चाको उपचार गर्न नमानेको छुट्टाछुटै भिडियो सार्वजनिक भएको छ । अस्पतालमा ओपीडी सञ्चालन नहुँदा बिरामीहरू समस्यामा परेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया