बोनस र हकप्रद शेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो

 जेठ २३, २०७५ बुधबार १४:४:४६ | उज्यालो सहकर्मी

काठमाडौं – बोनस र हकप्रद शेयरमा अंकित मूल्य अर्थात एक सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिने निर्णयबाट सरकार पछि हटेको छ । 

गएको आइतबार बोनस र हकप्रद शेयरमा एक सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिन आन्तरिक राजश्व विभागले निर्देशन दिएपछि लगानीकर्ताहरु कारोबार नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । 

अर्थ मन्त्रालयमा आज भएको वार्तामा अर्थ मन्त्रालयले पुरानै विधि अर्थात समायोजन गरिएको मुल्य अनुसार तय हुने आधार मुल्यभन्दा बढी भएमा मात्र लाभकर लिने सहमति गरेपछि शेयर बजार पनि खुलेको छ । अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने पुँजिगत लाभ करका बारेमा अध्ययन गर्नसमिति गठन गरिसकेको छ । त्यो समितिको प्रतिवेदन आएपछि यस बारेमा निर्णय गरिने अर्थ मन्त्रालयले जनाएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले पूँजीगत लाभकर ब्यक्तिगत तर्फ पाँच प्रतिशतबाट साढे सात प्रतिशत बनाएको छ भने हकप्रद र बोनस शेयरको अंकित मुल्य १ सय रुपैयाँलाई आधार मानेर पूँजीगत लाभ कर लिने निर्णय गरेको छ । 

साढे ७ प्रतिशत लाभकर तिर्न तयार भएका लगानीकर्ता हकप्रद र बोनस शेयरमा १ सय रुपैयाँलाई नै आधार मानेर पुँजिगत लाभकर लिने निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका थिए । लगानीकर्ताको आन्दोलनका कारण मंगलबार कारोबार नै हुन सकेको थिएन । बुधबार पनि साढे एक बजेदेखि मात्रै शेयर बजारमा कारोबार सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया