बर्दियामा बबई नदीले खतराको तह पार गर्याे, ठाकुरबाबामा एक सयभन्दा बढी घर डुबानमा

 असोज १, २०७९ शनिबार ९:२०:५६ | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया - गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएकाे बाढीले खतराको तह पार गरेको  छ। बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि नदीमा पानीको सतह बढेको हो।

 बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मिटर पुगे चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । 

 लगातारको वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का प्रायजसाे गाउँ डुबानमा परेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा वडाका एक सयभन्दा बढी घर डुबानमा परेका हुन् । डुबान प्रभावित परिवारलाई उद्धार गरी स्थानीय विद्यालय र वडा कार्यालयमा राखिएको वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।

वर्षा अझै भइरहेकाले बबई नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेकाे छ। यस्तै गएरातिदेखि कर्णाली नदीकाे पनि जलस्तर बढेर चेतावनी तहसम्म पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया