कर्णाली नदीको सत्ती पुल जोखिममा : गाउँमा बाढी पस्न नदिन अस्थायी बाँध बनाउँदै स्थानीय

 असोज १, २०७९ शनिबार १६:५८:२० | भावुक योगी
unn.prixa.net

बर्दिया – कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्ड अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकालाई जाेड्ने सत्ती पुल जाेखिममा परेकाे छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्धन पनि भत्किने अवस्थामा पुगेको छ ।

कर्णाली नदीको सत्ती पुल भत्किने अवस्थामा पुगेकोले तत्काल तटबन्धनका लागि राजापुर नगरपालिकाले पहिले सडक डिभिजन र त्यसपछि हुलाकी सडकलाई अनुरोध गरेकाे थियाे । तर ती निकायबाट काम नभएपछि गाउँमा बाढी पस्न नदिन सयौं  स्थानीय अस्थायी तटबन्धमा जुटेका राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । 

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अगुवाइमा छोटो प्रक्रियाबाट ठेक्का गरि त्यस ठाउँमा ठूला ढुंगासहितको तटबन्धन गर्ने गरि प्रक्रिया अघि बढेको थियाे । तर हुलाकी सडकको सम्बन्धित निर्माण व्यवसायीको बेवास्ताका कारण सत्ती पुल भत्किने अवस्थामा पुगेको जनाइको छ । तत्काल कुनै अप्रिय घटना घटेमा सम्बन्धित कार्यालय र निर्माण कम्पनी जवाफदेही हुने नगर प्रमुख थारुले बताउनुभयाे । 

पुल नजिकैको बाँध फुट्न गएमा राजापुर नगरपालिकाका वडा नम्बर ४, ७ र ८ का हजारौँ घरधुरी प्रभावित हुने देखिन्छ । अहिले सत्ती पुल नजिक स्थानीयबासिन्दाले स्वतफुर्त रूपमा अस्थायी बाँध निर्माणका लागि जनश्रमदान गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया