काठमाण्डौ उपत्यकासहित पश्चिममा वर्षा, काठमाण्डौमा दिउँसो ३ बजेपछि पानी रोकिने

 असोज १९, २०७९ बुधबार १२:८:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै पानी परिरहेको छ । देशको पश्चिमी भागमा ठूलो मात्रामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाका कारण आज बुधवार विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेस प्रदेश तथा बाग्मती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्नेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाण्डौ  उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाण्डौमा ३० एमएमको हाराहारीमा पानी परेको छ । ‘उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ’, उहाँले भन्नुभयो, ‘सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुँदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।’

उहाँले यो प्रक्रिया अझै दुई/तीन दिन रहने जानकारी दिँदै भन्नुभयो, ‘पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै दुई/तीन दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुनेसमेत सम्भावना छ ।’ उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा ठूलो वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया