सर्लाहीमा सहकारीका कर्मचारीलाई गोली हान्ने ४ जना पक्राउ

 कात्तिक ३, २०७९ बिहिबार १७:१९:० | रामबाबु खड्का
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – सर्लाहीको बाग्मतीमा हिजाे बुधवार भएको गोली काण्डका चार जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई बलरा नगरपालिका–३ को लक्ष्मीपुर नाका हुँदै भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । चार जनाको समूहमा हिँडेका मध्ये एक जना भाग्न खोजेपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर धनकौल– १ सेखौनाका धिरेन्द्र सहनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।

पक्राउ पर्नेमा उनीसहित भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिंह, बैसालीका २० वर्षका सौरभ साह र रेहान सिंह रहेका जिल्ला प्रहरी  कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

उनीहरूले हिजो बिहान ११ बजे सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण तथा सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई कार्यालयभित्र पसेर चार गोली हानेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया