पश्चिमका एक/दुई ठाउँमा हल्का पानी परे पनि अबका केही दिन मौसम सफा हुने

 कात्तिक ५, २०७९ शनिबार ८:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पश्चिमका एक/दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँमा अबका केही दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पश्चिम क्षेत्रमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तर यो पानीले खासै प्रभाव नपार्ने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब जाडो क्रमिक रुपमा बढ्नेछ । बादल र वर्षा नहुँदा आकाश खुल्नेछ । चिसो पनि बढ्नेछ । देशभर रहेका १६ वटा मौसम मापन केन्द्रमध्ये सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको छ । यो बिस्तारै घटेर माइनसतर्फ जानेछ ।

त्यस्तै काठमाण्डौ उपत्यका, भैरहवा, विराटनगर, धनगढीसहित देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा छ । काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस र आजको अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज राति देशभरको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले अबका केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया