विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा : बासस्थानको अ...
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी स्राेत, साधनको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू भइसकेको अवस्थामा आचारसंहिताको पालना गर्न पनि निर्देशन दिएको छ । साथै चुनावी प्रचारमा सरकारी साधन, स्रोतको प्रयोग गर्न रोक लगाएकोबारे आयोगले स्मरण गराएको छ ।
आचारसंहिता कार्यान्वयनका लागि पटक–पटक राजनीतिक दलको ध्यानाकर्षण गराएको र राजनीतिक दलका प्रमुख पदाधिकारीबाट पालनाको प्रतिबद्धता व्यक्त भएको अवस्थामा पालना नहुनु दुःखद रहेको आयोगले जनाएको छ । आयोगले नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीलगायतका पदाधिकारीले चुनाव प्रचारमा हेलिकप्टरलगायत सरकारी स्रोत, साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएको पनि जनाएको छ । सरकारी स्रोत, साधनको दुरुपयोग रोक्नका लागि निर्वाचन आयोगले पाँच वटा विशेष निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिने, प्रधानमन्त्री तथा मन्त्रीले हेलिकप्टर प्रयोग गरी विभिन्न ठाउँमा गरी प्रचारसँग सम्बन्धित गतिविधि गरेको उजुरीका सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीले हेलिकप्टर प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ/पर्दैन स्पष्ट गरी लेखी पठाउन तथा कुन प्रयोजनका लागि हेलिकप्टर प्रयोग भएको छ खुलाएर जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने पनि निर्णय भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।