दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हरायो
पुस २२, २०८१ सोमबार
पर्वत – तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिवार कुश्माको 'द क्लिफ रिसोर्ट' मा भेटिए । बन्जीजम्प गर्ने योजनासहित कुश्मालाई 'ट्रान्जिट प्वाइन्ट' बनाए पनि उनीहरूले बन्जीजम्प गर्न भने पाएनन् ।
‘एक हप्ता अघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन’, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, ‘त्यसको साटो जिपलाइनको अनुभव लियौँ ।’ उहाँले शनिवार कुश्मामै बसेर आइतवार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो ।
त्यसैगरी चितवनबाट आउनुभएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान् र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दशैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटक पनि बन्जी, जिपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।
तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको सङ्ख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । ‘कुश्मासम्म आए पनि बास बस्ने पर्यटक कम हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘धेरैजसो पर्यटक निजी गाडीमा बन्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ, यसरी बजार प्रवर्द्धन हुँदैन ।’
शनिवारमात्रै कुश्माको झोलुङ्गे पुल तर्नेको सङ्ख्या दुई हजारभन्दा बढी रहेको 'द क्लिफ' कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार अहिले औसतमा दैनिक ६० देखि ६५ जनाले बन्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो । ‘म बिहानैदेखि खटिएको थिएँ, शनिवार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरूको भिड थियो’, उहाँले भन्नुभयो, ‘रिसोर्टमा बास बस्ने टेन्ट पनि भरिभराउ थिए ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।