बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि डाक्टर

 कात्तिक २८, २०७९ सोमबार १९:३४:५८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको तल्लो स्वराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले लामो समयपछि डाक्टर पाएको छ । मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौली एक वर्षसम्म डाक्टरविहीन थियो । मेलौली नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको थियो । 

नगरपालिकाभित्र रहेकोे स्वास्थ्य केन्द्रका लागि आह्वान गरिएको विज्ञापनमा डा. सन्जिन केसीलाई नियुक्त गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । 

डा. केसीले आज सोमवारदेखि सेवा सुरु गर्नुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएसँगै रोकिएका एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड लगायतका सेवा सुरु हुने स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । 

लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको नगरपालिकाका मेयर भीमबहादुर चन्दले बताउनुभयो । आउँदा दिनमा स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा सहज हुने उहाँले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि जिल्लाको मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका गरी तीन पालिकाका नागरिकलाई सेवा लिन सजिलो हुनेछ । 

तल्लो स्वराड क्षेत्रको 'रेफरल सेन्टर' को रूपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेला–बेलामा डाक्टरकाे अभाव हुने गरेको छ । डाक्टरकाे अभाव हुँदा तल्लो स्वराडवासी उपचारका लागि डडेल्धुरा र जिल्ला सदरमुकाम आउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया