हेटौँडाको मतगणना स्थलमा आइपुग्न थाले मतपेटिका, ८ वटा कोठामा एकै पटक गन्ने तयारी

 मंसिर ४, २०७९ आइतबार १७:५८:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् । 

मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी, प्रहरी र विभिन्न दलका प्रतिनिधिहसहित मतपेटिका ल्याउन थालिएको हो । मध्यरात अघिसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैबीच मकवानपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । मकवानपुरको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा क्षेत्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभयो । 

मकवानपुरमा याे चुनावमा गएकाे पालिका चुनावमा जस्ताे मतदाता उत्साही देखिएनन् । मकवानपुरमा तीन सय ६४ वटा मतदान केन्द्रमा आज मतदान भएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया