धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ

 मंसिर ५, २०७९ सोमबार ८:१९:९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ भएकाे छ । 

धादिङ क्षेत्र नम्बर १ को मतपेटिका आइतवार रातिसम्म सङ्कलन गरिसकिएकाे भए पनि मतगणनामा भने ढिलाइ भएकाे हाे।

मतगणनाका लागि सर्वदलीय र बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकाले सोमवार बिहान ८ बजेदेखि उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक बसिरहेकाे  क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो। 

धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतदान गरेका छन्। धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा  ७३ हजार १ सय ५७ मतदातामध्ये ४४ हजार ९ सय ९० जनाले मतदान गरेका छन् । 

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा  ५९ हजार १ सय ९७ मतदातामध्ये ३६ हजार १ सय २६ जनाले मतदान गरेका छन् । दल र उम्मेदवारहरुको बैठकपछि गल्छीमा दुई ठाउँमा मतगणना गरिने भएको छ।

धादिङ क्षेत्रनम्बर २ काे भने मतपेटिका धादिङ बेसी मुख्य निर्वाचनको कार्यालयमा आइपुगेपछि मतगणना गरिने छ । रुबीभ्याली गाउँपालिकाको हिमाली क्षेत्रको मतपेटिका सोमवार दिउँसोमात्र आइपुग्ने छ। 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया