खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

 मंसिर ७, २०७९ बुधबार १२:५१:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ ।

खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ ।

त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि हुनुहुन्छ । सिम्खडाको ९ हजार ८ सय ९ र तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया