बर्दिया २ मा १३६ मतान्तरले स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

 मंसिर ७, २०७९ बुधबार १६:८:४० | भावुक योगी
unn.prixa.net

बर्दिया -  बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र (चापकल नल्का) बाट लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै स्वतन्त्रका चौधरी विजयी हुनुभएको हो । 

स्वतन्त्रबाट चुनाव चिन्ह (चापाकल नल्का) का लालवीर चौधरीले २६ हजार ५ सय २० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

विजयी चौधरी रेशम चाैधरीका बुवा हुनुहुन्छ । रेशमकाे उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो । 

जेल जीवन बिताइरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार दिए पनि उम्मेदवारी खारेज हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफ्नै बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराइएको थियो ।

रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी (ढकिया) ले स्वतन्त्रका उम्मेदवार चौधरीको चिन्ह (चापाकल नल्का) लाई समर्थन गरेको थियो ।

बर्दिया क्षेत्र नम्बर २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार ४ सय १९ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया