बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी विजयी

 मंसिर ९, २०७९ शुक्रबार ९:२२:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।

चौधरीले २० हजार १२७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका मान बहादुर थारुले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका धर्मराज शाहले ३ हजार १३३ मत ल्याउनुभएको छ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया