रामेछापमा कांग्रेसका पूर्णबहादुर विजयी, एमालेका कैलाश ढुङ्गेल पराजित

 मंसिर ११, २०७९ आइतबार १०:२६:४६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित हुनुभएकाे छ ।

उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका  कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गर्नुभएकाे हाे । तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर निर्वाचित हुँदा ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाउनु भएकाे छ ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली कांग्रेसका रामेछापका जिल्ला सभापति हुनुहुन्छ । 

२०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फको सूचीमा पनि उहाँको नाम परेको थियो । त्यस्तै २०७४ सालको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्नुभएका तामाङ बामगठबन्धनका उम्मेदवारसँग पराजित हुनुभएकाे थियाे । 

यसैगरी यसपटकको प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका एमालेका नेता ढुङ्गेल २०७४ सालमा भएको चुनावमा बाग्मती प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएकाे थियाे । 

बामगठबन्धनबाट निर्वाचित हुनुभएका उहाँ करिब साढे तीन वर्ष बाग्मती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बन्नु भएकाे थयाे। २०५६ सालको प्रतिनिधि सभा, २०६४ र २०७० को संविधानसभा चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भइ पराजित हुनुभएकाे थियाे ।

यसैगरी रामेछापबाट बाग्मती प्रदेश सभा सदस्य पदमा दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रदेशसभा 'क' मा तारानारायण श्रेष्ठ र प्रदेश सभा 'ख' मा युवराज चौलागाईँ विजयी हुनुभएकाे छ । 

प्रदेश 'क' मा श्रेष्ठ १७ हजार १ सय ४८ मत प्राप्त गरी विजयी हुनुभयाे ।  उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै प्रदेश 'ख' तर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चौलागाईँ २२ हजार ९ सय ७९ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मिलन कुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया