१० करोड कमायाे ‘महापुरुष’ले

 मंसिर १२, २०७९ सोमबार १५:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेकाे छ । निर्माण पक्षले हिजाे पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् । 

चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलोहप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा लेखकसँगै निर्देशक समेत रहेका प्रदीप भट्टराईले चलचित्र निर्माणको उद्देश्य व्यक्त भावनालाई भन्नु रहेको बताए । महापुरुषले गरेको व्यापारले आफ्नै कगा भन्न झनै प्रोत्साहन मिलेको उनकाे भनाइ छ । जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले शत्रु गते, जात्रै जात्रा र महापुरूष गरेर लगातारा चार चर्चित चलचित्र दिइसके ।

धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू चलचित्रले भन्ने उनले बताए । स्वदेश मात्र नभई विदेशमा समेत चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनका अनुसार चलचित्रले अमेरिकाको डलासमा ५१ औँ दिन पार गर्न सक्छ । 

यस्तै याे चलचित्र नोभेम्बर २० देखि युरोपका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ । मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ । मध्य पूर्वका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप चलचित्र्सका सञ्चालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा चलचित्र ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए । 

एक्लोपनको कथा देखाइएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया