कतारमा रहेका नेपालीहरूको हक अधिकार रक्षाका लागि नेपाल सरकार र व्यवसायी सङ्घ कतारबीच समझदारी

 मंसिर २०, २०७९ मंगलबार १६:४९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेका नेपालीहरूको हक अधिकार सुरक्षाका लागि वैदेशिक रोजगार बोर्ड, विभाग र नेपाल व्यवसायी सङ्घ कतारबीच समझदारी भएको छ ।

श्रम स्वीकृति लिई कतारमा कार्यरत र त्यहाँ व्यापार व्यवसाय गर्ने नेपालीहरूलाई अप्ठेरो परेका बेलामा राहत र उद्धारका साथै नेपालमा सञ्चालन हुने पुनः एकीकरण कार्यक्रममा पनि सहकार्य गर्ने गरी त्रिपक्षीय समझदारी समझदारी भएको श्रम मन्त्रालयले जनाएको छ ।

समझदारी पत्रमा वैदेशिक रोजगार विभागकातर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैयाँ कँडेल र नेपाल व्यवसायी सङ्घ कतारका तर्फबाट सङ्घका अध्यक्ष महेन्द्र चौलागाईँले हस्ताक्षर गर्नुभएको छ ।

नेपालबाट श्रम स्वीकृति लिएर गएका र कतारमा व्यवसाय गरिरहेका नेपालीहरूलाई  आवतजावतमा सहजताका लागि वैदेशिक रोजगार विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली श्रमिकको उद्धार, राहत, स्वदेश फिर्ती तथा पुर्न:एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा समझदारी पत्रमा उल्लेख गरिएको छ । 

समझदारी पत्रको समय अवधि दुई वर्षको हुने छ । साथै तीनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने व्यवस्था पनि समझदारीमा उल्लेख छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया