सोलुखुम्बुकाे मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

 मंसिर २८, २०७९ बुधबार ९:१८:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ ।

उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएकाे आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।

कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिनुभयाे । 

९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताउनु भयाे । २०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु काेरिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ ।

दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया