रामेछापमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी

 मंसिर २८, २०७९ बुधबार १३:३०:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् । 

बिहे भोज खाए लगत्तै उनीहरूमा लगातार बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या देखिएको हो । बिरामी परेकालाई स्थानीय रामपुर स्वास्थ्य चौकी लगिएकाेमा त्यहाँ उपचार हुन नसकेपछि १४ जनालाई जिल्ला अस्पताल रामेछाप र २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ । 

जिल्ला अस्पताल रामेछापमा भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा 'इहिस्टोलाइटी' नामको किटाणु फेला परेको उपचारमा संलग्न डाक्टर उदय घिसिङले जानकारी दिनुभयाे । उपचारपछि बिरामीको क्रमिकरूपमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । 

गएकाे साेमवार रामपुरको साइटारका प्रदीप मगरको बिहेमा भोज खानेहरूमध्ये धेरैजसाेमा याे समस्या देखिएको हो । बङ्गुरको बासी मासु खाएका कारण मानिसहरू बिरामी भएका हुनसक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका रामेछाप नगरपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीले जानकारी दिनुभयाे । 

जिल्ला अस्पताल रामेछापमा भर्ना भएकाबाहेक गाउँमा धेरै बिरामी भएकाले उनीहरूको उपचार गाउँमै गर्नका लागि जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली रामपुरमा नै पुगेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया