हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छाड्न पर्ने

 मंसिर २९, २०७९ बिहिबार १३:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  साउदीमा हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो । 

एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएको छ भने घर फर्किने बेलामा त्यही म्यासेज विमानस्थलमा देखाउँदा हुन्छ । तर मोबाइलमा म्यासेज आएको छैन र दूतावासले सूचीमा आफ्नो नाम निकालेको छ भने दूतावासमै गएर एक्जिट भिसाको कागजात लिन पर्छ । 

इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ । त्यसै गरी साउदीमा कुनै मुद्दा, जरिवाना छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा लाग्दैन ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया