कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी ...
बैशाख ३, २०८२ बुधबार
धनुषा – नेपालका प्रमुख महन्थ मानिएका महोत्तरीको मटिहानीमा रहेको लक्ष्मीनारायण मठका महामहन्त जगन्नाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को हस्ताक्षर किर्ते गरि बैंकबाट ७० लाख रुपैयाँ निकालेको आरोपमा दासलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।
महन्त दासकाे नाममा रुपन्देहीकाे मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक सीडीओकाे हस्ताक्षर किर्ते गरि खाताबाट त्याे रकम झिकेको आरोपमा महन्तलाई पक्राउ गरिएको हो ।
प्रहरीले बिहान मठमै पुगेर महामहन्त दासलाई पक्राउ गरि अनुसन्धानका लागि रुपन्देही पठाएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।