सोलुखुम्बुको नेले बजारमा आगलागी, ५ घर नष्ट

 पुस ५, २०७९ मंगलबार १८:१:१९ | सुवास दर्नाल
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा आगलागी भएको छ । आज (मङ्गलवार) दिउँसाे ४ बजेदेखि सुरु भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

स्थानीय तुलसा बस्नेतका अनुसार बुद्धिबहादुर कार्कीको घरबाट विद्युत शर्ट भएर सुरु भएको आगोले कार्कीकाे घरसहित कल्पना बस्नेत, रमेश बस्नेतका दाजुभाइको घर नष्ट भइसकेको छ भने प्रणय राईको घरमा समेत आगो प्रवेश गरेको छ । आगो निभाउनका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आगो निभाउनका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दमकल प्रस्थान गरिसकेका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया