बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा राजीनामा

 पुस ८, २०७९ शुक्रबार १६:३०:३३ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले आज शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो । 

बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । 

सचिवालयका अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै आफ्नो कार्यभार सम्हालिरहन निर्देशनसमेत दिनुभएकाे छ ।

पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । पाण्डे एमालेका भूमि त्रिपाठीलाई हराएर धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।

पाण्डेभन्दा पहिले बाग्मतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री हुनुभएकाे थियाे । पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुला भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया